‘कसैलाई सिध्याउन र कसैलाई बनाउन समाचार रचना गर्ने होइन’ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय कसैलाई सिध्याउन अथवा कसैलाई बनाउन समाचार रचना गर्ने गरिएको भन्दै पत्रकारीता क्षेत्रमा नयाँ विकृति भित्रिएको बताउनु भयो ।

प्रेस काउन्सिल नेपालको आयोजनामा सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न भएको छापा माध्यमको स्थलगत अनुगमन र पत्रकार आचारसंहिता तथा बर्गिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले सञ्चारमाध्यम निस्पक्ष हुनु पर्नेमा जोड दिनुभयो ।

No description available.

रचना गरिएका र निश्चित उद्देश्यका लागि लेखिएका समाचारहरुका कारण सञ्चार माध्यममा प्रकाशित समाचारहरु प्रति जनविश्वास कम भई पत्रपत्रिकाको विक्रिवितरण नै कम हुन थालेको बताउनु भयो । मिडिया संचालकहरुले श्रमजिवीहरुलाई समयमा पारिश्रमीक नदिने, अर्काको समाचार हुबहु सार्ने, साभार गरिएका समाचारहरुमा स्रोत उल्लेख नगर्ने जस्ता कार्यले थप विश्वसनीयता गुमाउदै गएको भन्दै यस्तो स्थितिमा मिडिया सञ्चालन गर्नु भन्दा बन्द गर्नु उपयुक्त हुने बताउनु भयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले पत्रकार आचारसंहिता, वितरण संपरीक्षण मापदण्ड, पत्रपत्रिकाको बर्गिकरण, मिडिया सञ्चालकहरुको समस्या लगायतका विषयमा जानकारी गराउनु भएको थियो । भुषालले विहीबार विहानै सिन्धुली जिल्लामा रहेका छापा माध्यमका कार्यालय तथा छपाखाना र पत्र–पत्रिका पसलहरुमा पुगेर स्थानीय छापा माध्यमको अवस्था बारे स्थलगत अनुगमन समेत गर्नुभएको थियो ।

No description available.

अनुगमन पछि काउन्सिलले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पत्रपत्रिका बर्गिकरणको विषयमा जिज्ञासा राख्दै सफल नेपाल साप्ताहिकका सम्पादक वाई पी विनयले पत्रपत्रिका बर्गिकरण नतिजा प्रकाशन पछि सहज रुपमा अंक तालिका उपलब्ध गराउनु पर्ने, काउन्सीलबाट आचार संहिता उल्घनमा कुनैपनि सुझाव समेत नदिईएका पत्रपत्रिकाहरुलाई अन्त्यन्तै न्यून अंक दिने गरिएकाले त्यसको चित्तबुझ्दो जवाफ दिनु पर्ने, पत्रपत्रिका बगिंकरणको नतिजा आर्थिक बर्ष सकिएको एक दुई महिना भित्रमै प्रंकाशन गर्नुपर्ने लगायतका विषय सुझाव दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका उपाध्यक्ष टिकाजङ थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकारहरु शंकर सौगात, राजकुमार कार्की, राजन गाउँले, राधिका बुढाथोकी, द्धारीका काफ्ले, विमला पाण्डे लगायतले जिल्लको पत्रकारीताको अवस्था, छापा र विद्युतीय माध्यमको स्थिति, काउन्सीलका सेवा, पत्रपत्रिकाको बर्गिकरण लगायतका विषयमा धारणा राख्नुभएको थियो ।

 


ताजा खबर