यि हुन् घरवरिपरि पाईने सञ्जीवनी जडीबुटीहरु

नेपाल विश्वमै जडिबुटी उपलब्धताका हिसाबले धनी छ। घरेलु औषधिहरु पहिचान र संरक्षणको कमीले आयातित औषधिहरुकाे खरिदमा बर्सेनि लाखौँ विदेशीमुद्राकाे खर्चनुपर्ने भएको छ। तर हाम्रै घरवरिपरि अमूल्य जडिबुटीहरू पाइन्छन्। पहिचानहुँदा विनापैसा अफ्नो उपचार आफैँ गर्न सकिन्छ।

हाम्राे वरिपरी पाउने सञ्जीवनी जडिबुटीहरू:

शिकाकाई (रसुल्ला)

तराईको झाडीहरुमा पाइने यो एक काँडेदार लहरे वनस्पति हो। यसको पात अमिलो हुन्छ। हाँगाहरुमा खैरा तथा सेता थोप्ला हुने यो वनस्पतिको फूल भने सेतो पहेलो रंगका हुन्छन्। यसका फलहरु लामा मोटा र राता हुन्छन्। राम्रोसँग छिप्पिएर रातो भएको कोसाहरूलाई टिपेर एक हप्तासम्म घाममा सुकाउने। सुकेका कोसा जरा र सुकेको पातलाई पकाएर दिनहुँ एक गिलासको दरले पिउनाले छातीमा कफ जमेको छ भने पगाल्छ। यसले दम रोग खोकी लाई ठिक गर्छ, यसको फलले वमन रोक्छ, जन्डिस रोग निको हुन्छ। यसको पात जरा वा कोसालाई पिँधेर लेदो बनाई छालामा लगाउनाले चर्मरोग नाश गर्छ। कपालमा लगाई स्नान गर्नाले कपालको चायाँ हट्छ, जुम्रा समेत मर्छ।

जटामसी

तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेशाहरूको काण्ड छोपिएको यो एक महत्वपूर्ण वनस्पति हो। यसको फूलको रङ गुलाबी सेतो हुन्छ र फुलहरू एउटै झुप्पोमा फुल्दछन्। यसको उपयोगी अङ्ग भनेको काण्ड हो। जटामसीको जरालाई नछुटाई कन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने त्यसपछि छायामा राम्रोसँग
सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने। यसरी कुटेर तयार पारिएको 3 देखि 4 ग्राम जटामसीको दुलोमा थोरै बिरेनुन, भुटेको जिरा, ज्वानोलाइ पिसेर मनतातो पानी सँग सुत्नु भन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ, खानमा रुचि बढ्छ। जटामसीको जरालाई हल्का थिचेर पानीमा 12 घण्टा भिजाएर मिचमाच गरि
छानेर खानाले सर्दी नास गर्छ, पिसाबको मात्रा बढाउँछ। 3 देखि 4 ग्राम जटामसीको धूलोमा 1/2 चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरुलाई तागत दिन्छ, मनको चञ्चलता हटाउँछ। यो औषधि रक्तचापका रोगीहरूका लागि निकै उपयोगी छ। बौलाहापन छारेरोगका रोगीहरूको लागि पनि यसको प्रयोगले
राम्रो फाइदा गर्छ । जटामसी धुलोमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने। उक्त लेपले कपाल अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ।

जामुन

चारदेखि पाँच ग्राम जामुन फलको रस वा चूर्ण वा त्यसको पात वा बोक्रालाई कुटेर निक्लेर बनेको 4/5 चम्चा रसलाई दिनको दुई तीनपटक केही दिनसम्म सेवन गर्नाले मधुमेह, रक्तप्रदर, रक्त विकार जस्ता रोगहरूलाई निर्मूल पार्दछ। यसलाई पानीमा पकाएर घाउखटिरा धुनाले वा उक्त पानीले मुख कुल्ला गर्नाले दाँतको समस्याबाट मुक्ति मिल्नुको साथै मुखको घाउ खटिरा निको हुन्छ।

सिन्दुरे

त्यसको फल बाहिर लागेको 2/3 g धूलोलाई महसँग मिलाई दिनमा दुईपटक केही दिनसम्म खानाले फित्ते जुका नाश हुन्छ। पेटको घाउ तथा अन्य रोगहरूको साथै छालाका सम्पुर्ण रोगहरु निको हुन्छ। पत्थरी रोगमा विशेष लाभ पुर्याउँछ।

सयपत्री

सयपत्री फूलको मसिनो हाँगाहरु सहितको फूलपातीलाई खलमा पिंधेर, बिहान-बेलुका दुईपटक आठदेखि 10 mg को दरले सेवन गर्नाले दिसाबाट रगत जाने रोग निको हुन्छ। सयपत्री को फूल सहितको मसिना हाँगाहरुलाई पिंधेर सुन्निएको ठाउँ तथा घाउ खटिरामा लगाउने र खाने गर्नाले घाउ चाँडै निको हुन्छ। यसको पातलाई हल्का तताएर निकालिएको रसलाइ कानमा राख्नाले कर्णशुल नास गर्दछ। यसको फलको रसको प्रयोगले आँखाको रोग र पुरानो घाउ पनि निको हुन्छ।

जेठी मधु

यसको जरा र काण्डलाई धोइपखाली सुकाएर पिस्ने र यसको 3 देखि 4 g धुलोलाई मिलाएर दिनको दुइ तिन पटक सेवन गर्नाले वा यसको जरा र काण्डलाई टुक्रा पारी मुखमा राखेर चुस्नाले स्वासको दुर्गन्ध हटाउँछ। वाकवाकी रोक्छ, गला बसेको ठीक हुन्छ अम्लपित्त नाश गर्छ। यसलाई बल, वीर्य वर्धक र दुग्ध वर्धक वनस्पतिको रुपमा लिइन्छ।

आँप

आँपको फल, बोक्रा वा पातलाई कुटेर तयार गरिएको पाँचदेखि 6 ग्राम धूलो वा रसलाई दिनको दुई तीनपटक चौलानी वा पानीसँग खानाले अतीसार र हृदय ज़लनमा फाइदा गर्छ। कफ तथा पित्त विकार रोग नाश गर्छ, खानामा रुचि बढाउँछ, शरिर हल्का भएर आउँछ, आँपको बोक्रालाई कुटेर यसको रस वा धुलोलाई चौलानी पानी वा महसँग मिलाएर खानाले झाडापखाला, रगतमामासीमा विशेष लाभ पुर्याउँछ। बाथ र हृदय रोगलाई शान्त पार्छ, यसको फल वा कोया भित्रको बीउलाई बल तथा विर्यवर्द्धक मानिन्छ।

ओखर

छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत चम्किलो हुनुको साथै बलियो हुन्छ। 1/2 वटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ। यसले अामबात लाई नास गर्छ। उमेर पुगिसकेको नानीहरूको ओछ्यानमा पिसाब गर्ने बानी छ भने ओखरको गुदी नियमित खुवाउनाले त्यो बानी बिस्तारै हटेर जान्छ।

बेथे

यसको रसलाई खालीपेटमा नुन मिसाएर खाँदा पेटको किरा मर्छ पेट सफा राख्छ। यसको रसमा नुन नराखी पिउँदा मृगौलाको पत्थरीमा फाइदा गर्छ। यसको बीजको सेवन गर्नाले खुबै तागत दिन्छ वीर्यलाई गाडा पार्छ। एक चम्चा बेथेको बिजको धुलोलाई तीन देखि चार हप्तासम्म दिनको चार पाँच पटक खानाले वा यसको पात मुन्टालाई सब्जी बनाएर प्रशस्तमात्रामा खानाले जन्डिस, हेपाटाइटिस, पित्त रोग, गठिया मासिक धर्म गडबडी आदि रोगहरुको साथै पेट अनि अन्य रोगमा पनि विशेष लाभ पुर्याउँछ ।

दम्काने (कालीसिन्का)

यसको जराको धुलो बनाई एक-एक चम्चाको दरले उक्त चूर्णलाई एकराते दही र बेसार सँग मिलाई वा पानी या दुधसँग मिलाई नियमित दिनको चारदेखि पाँच पटक खानाले कफ, रक्त विकार, ज्वरो, रुघाखोकी र निमोनिया आदि रोगहरूलाई दूर गरिदिन्छ। यसको भस्म वा पिसेको दुलो एक-एक चम्चा एक लिटरपानीमा राखेर पाँचपटक खानाले वा योनि सफा गर्नाले स्त्रीको रजस्वला गडबडीमा फाइदा गर्छ। यसको धूलोलाई त्रिफलाचुर्ण सँग मिलाएर दुई चम्चा सुत्ने बेलामा तातो पानीसँग खानाले कब्जियत ठिक भै दिशा खुल्छ। यसलाई पानीमा पकाएर चिया जस्तै 1/2 गिलास पिउनाले पत्थरी तथा मुत्र रोग नाश हुन्छ।

धसिंगरे

यसको पात वा डाँठलाई जलाएर मुसा, लामखुट्टे, उपियाँ, भुसुना, झिंगा आदिलाई भागाउन सकिन्छ। यसको पातलाई पिसेर दुखेको ठाउँमा लगाउने वा पटकपटक चुस्ने गर्नाले कफ,रुघा खोकी, दम, पिनास आदि रोगहरु लाई निर्मुल पार्छ। यसको पातलाई भाडामा हाली छोपेर मज्जाले उमाल्ने र त्यसको बाफ आँखा बन्द गरी दिनमा दुई पटकसम्म लिनाले राम्रो फाइदा गर्दछ।

घिउकुमारी

जुनसुकै रङको घिउकुमारी भएपनि त्यसको पात भित्रको गुदी वा रसलाई घिउ र मिश्री सँग खानाले, त्यसको फललाई जति सकिन्छ सब्जीको रूपमा पकाएर खानाले, पाचन प्रणालीमा सहयोग गरी खाएको पच्छ। गर्मी, तनाव, मन्दाग्नि, कब्जियत आदिलाई दूर गरिदिन्छ। सबै किसिमको धातुरोग, अर्श,उदरशुल, कमलपित्त, अम्लपित्त, मधुमेह,
रक्तचाप, घाउ, सुजाक, पेट पोल्ने, अल्सर, सम्पूर्ण स्त्री रोगहरूको लागि यो जडिबुटी बहु उपयोगी मानिन्छ। यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारमा गोरो बनाउँछ। यसको लेप पोले काटेको ठाउँमा लगाउनाले चाँडै आराम मिल्दछ।

दतिवन

यसको पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको 8 भाग पानीमा 5 घण्टा राखेर केहीबेर चलाई 10 घण्टा पछि उक्त पानीलाई राम्रोसँग छानि तताउने र यसरी तताउँदा पानी सुकेर जब सेतो खरानी मात्र बाँकी हुन्छ तब आटो आगोबाट झिकी उक्त लेदो 20 ग्राम लाई तिलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने र उक्त तेललाई बन्द शिशीमा राख्ने। त्यसपछि 2-2 थोपाका दरले दिनको 3 पटक सम्म कानमा राख्नाले कान दुखेको कान पाकेको बहिरोपन आदि रोगलाई ठिक गर्छ। यसको डाँठले दिनहुँ दाँत माझ्नाले दाँत बलियो र चम्किलो हुन्छ साथै गिजालाई स्वस्थ राख्छ। यसको बिउलाई दूधमा पकाएर खानाले हृदयपीडा शान्त गराउँछ, भोक तिर्खा हराउँछ, कामशक्ति बढ्छ, कमजोरी घटाउँछ, सन्तान नहुने समस्याबाट चाँडै मुक्ति मिल्दछ।

कालो जीरा

यसको सेवन गर्नाले बमन रोक्छ पेटका किराहरु मार्छ। कालो जीरा ले गानोगोला चर्म रोगमा अत्यन्त लाभ दिन्छ कलेजोलाई मजबुत बनाउँछ।

अमला

यसको दानालाई मुखमा राखेर चुस्नाले रगत र पेटलाई सफा गर्छ, खानामा रुचि बढाउँछ, आँखा तेजिलो हुन्छ, वीर्य गाढा बनाउँछ। अमलाको पातलाई पानीमा उमालेर पिउनाले मुख जिब्रोमा निस्केका घाउखटिरा हरु निको हुन्छन्। अमलाको बिउलाई पानीमा पकाएर आँखा धोएमा आँखा पोलेकाे, दुखेको वा आँखाबाट पानी बगेको छ भने चाँडै ठीक हुन्छ। धेरै अमला चुस्ने वा अमलाचूर्ण प्रशस्त सेवन गर्नाले धातु रोग निर्मूल पार्छ स्मरणशक्ति बढाउँछ। अमलाको धुलो लाई स्वरसमा मोलेर सुकाई पानीसँग दुईदेखि तीन चम्चा को दरले दिनको दुईदेखि तीन पटक खानाले बल विर्य बढाउँछ, कमल पित्त, अम्ल पित्त, रक्तपित्त, श्वासप्रश्वास, सुख्खा खोकीका साथै धेरै रोगहरुलाई नाश गर्छ।

भुइँकटहर

50gram पाकेको भुइकटर को टुक्रालाई 3 घण्टाको फरकमा दिनको पाँच पटकको दरले 15 दिनसम्म खाएमा पित्त सम्बन्धी गर्मी, जन्डिस, उच्च रक्तचाप, मानसिक तनाव, उन्माद आदि रोगहरुलाई ठिक गर्छ। यसले स्मरणशक्ति बढाउँछ, मृगौला, फोक्सो, कलेजो र पाचनप्रणालीलाई मजबूत पार्छ।

कुचिला

यसको दानालाई गाईको गहुँतमा एक हप्तासम्म भिजाएर बीजको बाहिरी र भित्री अंकुरलाई फ्याकी बाँकी दानालाई घ्यूमा भुटेर पिनेर त्यसको धुलोको 3 ग्राम धुलोमा महमिश्री मिलाई एकहप्तासम्म दिनको दुइपटक खानाले मूत्र विकार तथा बात व्याधि रोगको अचुक उपचार हुन्छ। यसले बाँझोपन लाई हटाउँछ काम शक्ति जागृत हुन्छ। यसले सर्प बिच्छी बौलाह कुकुरले टोकेको ठाउमा लेप बनाई लगाउनाले शीघ्र लाभ दिन्छ।

कालो मरिच

कालो मरिचको धूलोलाई चिया पानीमा वा तातो पानीसँग सेवन गर्नाले चिसोले सुनिएमा, वायु बढेमा, कफ पिनास, दम,कफगरस्त खोकी आदिमा शीघ्र लाभ पुर्याउँछ।
” हरियो वन नेपालको धन”


ताजा खबर