भानु तिम्रो सम्झनामा …

~शोभा सिलवाल / पाण्डेय

भानु तिम्रो सम्झनामा एउटा गीत गाउँछु
असारको २९ मा  उत्सव  मनाउँछु ।
घर तिम्रो चुँदी रम्घा भानु तिम्रो नाउँ
वर्षैपिच्छे तिम्रो उत्सव मनाइ रहन पाऊँ ।
धनञ्‍जयका छोरा तिमी श्रीकृष्णका नाति
 उत्कृष्ट छन् सब तिम्रा रचना र कृति  ।
घाँसीबाट  शिक्षा लिई गर्‍यौ काम राम्रो
रामायण बसेको छ हृदयमा हाम्रो  ।
नेपाली यो भाषालाई लेख्य रूप दिई
रामभक्ति  धाराका त प्रवर्तक नै बनी ।
नेपाली यो साहित्यको भण्डारलाई तिम्ले
भरिपूर्ण पार्‍यौ भानु मान्छौ तिम्लाई हाम्ले  ।
बधूशिक्षा ,भक्तमाला जस्ता कृति रची
मनुलाई बुद्धि दिई महान् बन्यौ तिमी   ।
यो धर्तीमा आज तिमी नरहँदा पनि
हामी तिम्रा अध्येताले सम्झिरन्छौँ अनि ।
सुबोध्य र सरल छन् तिम्रा सबै कृति
जन जनका जिब्रोमा झुन्डिएका अति   ।
अध्यात्म र नीतितर्फ मानिसलाई झुकाई
सभ्य समाज  कृति मार्फत् दियौ तिम्ले हाम्लाई  ।

ताजा खबर