यस वर्ष विम्बल्डन सर्वियाली खेलाडी जोकोभिचले जिते

यस वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको फाइनल उपाधी सर्वियाली खेलाडी नोभाक जोकोभिचले उचालेका छन् ।

विश्व बरियता एक नम्बरका जोकोभिचले ग्रासकोर्टमा लामो समयदेखिको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदै लगातार चौथो विम्बल्डन उपाधी जित्‍न सफल भएका हुन् ।

सातौं विम्बल्डन जित्‍ने क्रममा ३५ वर्षीय जोकोभिचले अष्ट्रेलियन किर्गियोसलाई ४-६, ६-३, ६-४ र ७-६ को सेटमा पराजित गरेका हुन् ।

पहिलो सेट गुमाएका जोकोभिचले पछिल्लो तीनवटा सेटमा लगातार जीत निकाल्दै आफ्नो २१औं ग्राण्डस्लाम हात पारेका हुन् ।

यो जीतसँगै जोकोभिच जोजर फेडेररसँगको २० ग्राण्डस्लाम उपाधीको बराबरी तोड्दै दोस्रो धेरै ग्राण्डस्लाम जित्‍ने पुरुष खेलाडी बनेका छन् ।

पुरुष टेनिसतर्फ २२ ग्राण्डस्लाम जित्‍न सफल राफालले भने चोटका कारण सेमिफाइनल खेलबाट परित्याग गर्नुपरेको थियो ।


ताजा खबर