श्रीलंकामा प्रदर्शन उत्कर्षमा : राष्ट्रपतिद्वारा राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति भवनमा नै प्रदर्शनकारीहरु प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रधानमन्त्रीको घरमै आगजनी गरेपछि राष्ट्रपति राजापाक्षेले राजिनामाको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश गरेको समय उहाँ भने भवनबाट बाहिरिसक्नु भएको थियो । यसैगरी श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमाशिंगे पनि उहाँको घरमा आगजनी भएका बखत त्यहाँ हुनुहुन्नथ्यो ।

गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्री प्रति सर्वसाधारणको व्यापक असन्तुष्टि रहेको छ । महिनौंदेखि राष्ट्रपतिको राजिनामाको माग गर्दै सर्वसाधारण सडक संघर्षमा ओर्लिएका छन् ।

प्रदर्शनकारीले आगजनी गरेपछि हिजै प्रधानमन्त्री विक्रमासिंगे पनि राजिनामा दिन सहमत हुनु भएको त्यहाँका सभामुखले जानकारी दिनुभएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्रीले आगामी बुधबार संसद समक्ष राजिनामा दिनुहुनेछ ।


ताजा खबर