नबिल ब्यांकको सीईओमा ज्ञानेन्द्रप्रसाद ढुङ्गाना नियुक्त

नबिल ब्यांक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुङ्गाना नियुक्त भएका छन्।

ब्यांक सञ्चालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको हो। यसअघि उनी नेपाल बाङ्लादेश ब्यांक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श ब्यांकको महाप्रबन्धक भएर काम गरिसकेका छन्। उनीसँग नेपाल राष्ट्र ब्यांकको निर्देशकका रूपमा काम गरेको अनुभव पनि छ।

उनले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विश्लेषणमा स्नातकोत्तर गरेका छन्। उनी सन् २०१८ मा नेपाल ब्यांकर्स एशोसिएशनको अध्यक्ष पनि भएका थिए।


ताजा खबर