मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई

कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जितेकी छन् । उनिसँगै राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित हुभएका हुन्।

प्रतियोगीताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताउनुभयो ।

मुम्बईमा जन्मेका २१ वर्षीय शेट्टीले लेखा र वित्तमा स्नातक गर्नुभएको छ । उहाँ एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुन् ।

मनिष पौलले होस्ट गर्नुभएकाे फिनालेमा बलिउड कलाकार समेत सहभागी थिए ।


ताजा खबर