उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

उत्तर कोरियाले आफूलाई लक्षीत गर्दै संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएको भन्दै त्यसको आलोचना गरेको छ। उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ।

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै त्रिदेशीय सैन्य सहयोगले आफ्नो सैन्य क्षमता बढाउन बाटो खोलेको जनाएको छ।

उत्तर कोरियाका छिमेकीहरूले पनि प्योङयाङ हतियार परीक्षणहरूको उत्तेजक दौडमा रहको तथा पाँच वर्षपछि पहिलो आणविक परीक्षणको लागि तयार रहेको बताएका छन्। –रासस/एपी


ताजा खबर