महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने

महिला ओपन गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ५० जना महिला गल्फरको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताकी संयोजक आर्सिया बानुले जानकारी दिनुभयो ।

सहभागी खेलाडीले १८ होल स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप विधामा खेल्नेछन् । प्रतियोगितामा विजेतालले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पुरस्कार ग्रहण गर्ने आयोजकले जनाएको छ । विजेलाई स्कुटरसहित उपहार प्रदान गरिनेछ । यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्शक पुरस्कार प्रदान गरिनेछ ।

आर्सियासहित नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा र सरिता श्री ज्ञवालीको सक्रियतामा सञ्चालन हुन लागेको यस प्रतियोगितालाई रोयल नेपाल गल्फ क्लबले पनि सहयोग गरेको छ । प्रतियोगिताले महिलालाई गल्फ खेलमा लाग्न थप प्रेरणा मिल्ने प्रतिमाले बताउनुभयो ।


ताजा खबर