नबिल र बङ्गलादेश बैङ्कको एकीकृत कारोबार सुरु हुने

नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट नबिल र एनबी बैङ्कलाई गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्राप्त भएकाले बैङ्क थप प्रक्रियाका लागि अगाडि बढेको नबिल बैङ्कका उपमहाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिनुभयो ।

राष्ट्र बैङ्कको सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले राष्ट्र बैङ्कले नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई नबिल बैङ्कमा गाभिने प्रस्तावमा अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैङ्कबाट अन्तिम स्वीकृतिका लागि पत्र प्राप्त भएपछि नबिलले अब कम्पनी रजिस्ट्रार कार्यालयमा आवेदन गर्नेछ ।


ताजा खबर