कलाकार राजेश हमालको बालापन कस्तो थियो होला ?

कलाकार राजेश हमाललाई नेपाली चलचित्र क्षेत्रका महानायक अर्थात् सदावहार नायक भनेर पनि चिनिन्छ ! राजेश हमाल नेपाली चलचित्रका सदावहार नायक भएकै कारण उहाँको चर्चा र लोकप्रियता अहिलेसम्म पनि निरन्तर नै छ ।

उहाँले सयौैँ चलचित्रमा अभिनय गरिसक्नुभएको छ । शालीन, अनुशासित भद्र र विनम्र स्वभावका कारण राजेश हमाल सबै नेपालीहरूको लोकप्रिय कलाकारका रूपमा रहनुभएको छ । हामी धेरैले चिन्ने, मन पर्ने उनै महान् कलाकारका बारेमा हामी धेरै जानकारी पाउने छौैं । उहाँको बालापन कस्तो थियो होला ? कहाँ र कसरी बित्यो ? उहाँकै शब्द लयमाः

सन् १९६४ जुन ९ अर्थात् वि.सं. २०२१ साल जेठ २७ गतेका दिन पाल्पा जिल्लामा मेरो जन्म भएको हो । मेरो बुबाको नाम स्वर्गीय चुडाबहादुर हमाल र आमाको नाम रेणु हमाल हो । मेरा दुई जना दिदी र एक जना भाइ तथा एक जना बहिनी छन् । तानसेनमा जन्म मात्रै भयो । हुर्किने क्रम परिस्थिति बस पुख्र्यौली थातथलोको कुनै अनुभव छैन । तैपनि पाल्पाली हुँ भन्नमा निकै गर्व लाग्छ ।

मेरो बुबा सरकारी जागिर परराष्ट्रमा भएको कारण विभिन्न देशमा आमाबाबासँगै मेरो बाल्यकाल बित्यो । मैले कक्षा एक दिल्लीमै पढेको सम्झना छ । त्यसपछि बुबासँगै नेपाल फर्केपछि ललितपुरको जावलाखेलस्थित सेन्टजेभियर्स स्कुलमा कक्षा २, ३ र ४ पढेँ ।

बुबाको रुस सरुवा भयो । अनि, पाँच कक्षादेखि मस्कोकै विद्यालयमा पढेँ । स्कुलका ती दिनमा ’सोसल स्टडिज’ पढ्न मन लाग्थ्यो । बुबाको जागिर विदेश बस्ने खालको हुनाले जहाँजहाँ पढेँ नेपाली भाषा प्राथमिकतामा परेन । सेन्टजेभियर्समा पनि अङ्ग्रेजी मिडियम पढ्नुपथ्र्यो । परिवारमा हामी पाँचै जना सँगै हुन्थ्यौँ ।  नेपाली नर्बिसौँ भन्नका लागि अक्षर चिनाउने कामदेखि बच्चाहरूले पढ्ने विभिन्न किसिमका कथा, दन्त्यकथाका किताब नेपाल ओहोरदोहार गर्ने क्रम बुबाले ल्याइदिने गर्नु हुन्थ्र्यो । र, स्कुलको ‘वर्क’ सकेपछि, पढ्न लाउनुहुन्थ्यो ।

मलाई खेल खेल्न मन लाग्थ्यो तर एउटै खेलमा तल्लिन भर कुनै पनि खेल खेलिन । पढ्नमा राम्रो विद्यार्थी थिएँ । टिचरले दिएको वर्क नसकेसम्म राति जतिसुकै अबेला भए पनि सुत्दिनथेँ । त्यो बेला अहिलेका झैं जङ्गफुड खाने चलन थिएन । विदेशमा बसे पनि नेपाली खाना दाल भात तरकारी नै खाइन्थ्यो । माछा, मासु, दूध र अण्डा मलाई असाध्यै मन पथ्र्यो ।

बाल्यकालको उटपट्याङ सम्झिँदा दिल्लीमै हुँदा मैलै आमाले डायनिङ टेबलमाथि राख्नु भाको भारु एक सय रुपियाँको नोट लिएर हिँडेको र नोट हेर्न उत्सुक भएर ट्वाइलेट गएको मलाई अहिले पनि सम्झना छ ।  रुसमा हुँदा फिल्म हेर्ने बानी बस्यो । त्यहाँ बच्चाहरूकै लागि भनेर बनेका बाल सिनेमा हलहरूमा लाग्थे । समयक्रम त्यहाँ रहुञ्जेल मैले त्यस्ता फिल्म खुब हेरेँ । धेरै हेरेँ । त्यो लत तर कलाकारै बन्छुभन्दा पनि फिल्मको माध्यम असाध्यै मन पर्दै गयो । सिनेमामा दर्शाइने विषयवस्तुबाट हेर्ने मान्छेहरू जसरी प्रभावित हुन्छन्, हो ठ्याक्कै माध्यमप्रति म यति आकर्षित भएँ । विद्यार्थी जीवन कलेजमा पुगेपछि त्यो रुचि अझै बढ्यो ।

तर विडम्बना ! परिवारसमक्ष आफ्नो कुरा गर्न सकिन । त्यो समय मैले त्यस किसिमको मौका नै पाइन । बुबा सरकारी कर्मचारी भएको कारण छोराछोरी पनि यस्तै भइदिउन् । नभए डाक्टर कि त इन्जिनियर अथवा अन्य कुनै प्रशासनिक बाटो तिरै हिँडुन् भन्ने आसय थियो । अभिभावकको त्यो चाहना बुझ्दाबुझ्दै घरमा मलाई सिनेमा मन पर्छ । अथवा म कलाकार बन्छु । मेरो रुचि यो छ, अब यो गर्छु भनेर खुलेर आफ्नो कुरा व्यक्त गर्नै सकिन । परिस्थिति यस्तो सिर्जना भयो, आफ्नै अभिभावकसमक्ष गुम्सेर बस्नु त्यो वातावरणमा कति असहज झेलेँ होला ? कुनै लेखाजोखा छैन । हो । यद्यपि ती दिनमा मैले आफ्नो पढाइ राम्रोसँगले अगाडि बढाउँदै गएँ ।

भारतको चण्डीगढस्थित ‘डीएभी’ कलेजबाट ‘प्लस टु’ गरेपछि अङ्ग्रेजी साहित्यमा रुचि हुनाले त्यसैमा ब्याचलर्स गरेँ । एउटा संयोग मेरो पढाइ सकिनु र बुबाको सरुवा दिल्ली एम्बेसीमा हुनु सँगै भयो । एकैसाथ । ठ्याक्क त्यतिखेरै त्यहीँ (दिल्लीमै) मोडलिङ गर्ने अवसर पाएँ । त्यो बेला पनि अभिभावकलाई ’कन्भिन्स’ गर्न धेरै गाह्रो भयो ।

केही समयपछि म नेपाल आएँ । मेरो मामा दीपक रायमाझीले रुसबाट फिल्म डाइरेक्सनको प्रशिक्षण लिएर भर्खर नेपाल फर्किनु भाथ्यो ।

मेरो ‘लाइफ’ मेरो जिन्दगीमा म लक्कीचाहिँ कसरी भए भने, मामा दीपक रायमाझीको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘युगदेखि युगसम्म’मा अभिनय गर्नैै अवसर पाएँ । जब चलचित्र रिलिज भो त्यो फिल्म असाध्यै सफल भयो । त्यसपश्चात् बन्ने फिल्ममा मुख्य कलाकार ‘हिरो’ मलाई नै लिएर अरू फिल्म पनि बन्न थाले । अब सँगसँगै मेरो करियर पनि एकदम अगाडि बढ्न थाल्यो ।


ताजा खबर