महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन

सरकारले महँगी नियन्त्रण गर्न देशव्यापी रुपमा बजार अनुगमन गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर देशव्यापी बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिने निर्णय गरिएको बताउनुभयो ।

मन्त्री बडूले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र सबै स्थानीय तहलाई पत्राचार गरिएको समेत जानकारी दिनुभयो । -रासस


ताजा खबर