संयुक्त अधिराज्य र आयरल्याण्डको राजदूतमा आचार्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा बेलायतका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यकाअनुसार सोमबार राष्ट्रपति भण्डारीले उहाँलाई राजदूतमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आचार्यलाई सो पदमा नियुक्त गर्नुभएको उल्लेख छ ।


ताजा खबर