नेपालकी फिफा रेफ्री राई एएफसी एलिट रेफ्री प्यानलमा

नेपालकी फिफा रेफ्री अन्जना राई एसियाली फुटबल महासङ्घ (एएफसी) एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानलमा समावेश हुनुभएको छ । एएफसीले अन्जनालाई २०२२ को रेफ्री प्यानलमा समावेश गरेको हो ।

फिफा रेफ्री अन्जनालाई एएफसीले प्यानलमा समावेश गरेको आधिकारिक पत्र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्राप्त भएको एन्फाले उल्लेख गरेको छ । एएफसी वुमन रेफ्री तथा सहायक रेफ्री सेलेक्सन कोर्स गरेपछि उहाँलाई प्यानलमा समावेश गरेको हो ।

अन्जनालाई अब एएफसीले एलिट रेफ्री प्रिपरेसन कोर्सका लागि आमन्त्रण गर्नेछ । एएफसी रेफ्री प्रिपरेसन कोर्स आगामी नोभेम्बरमा हुनेछ । उहाँले एक वर्षअघि मात्र फिफा रेफ्री ब्याच पाउनुभएको थियो ।


ताजा खबर