चन्द्रमान मुनिकारको नाटकको पुस्तक ‘पचली भैरव’ लोकार्पण

काठमाडौंको टेकुस्थित कौशी थिएटरमा शनिबार एक समारोहमा ‘पचली भैरव’ नाटकको पुस्तकको लोकार्पण भएको छ ।

नाटककार एवम् चर्या नृत्य गुरु चन्द्रमान मुनिकारको कथा र निर्देशन गर्नुभएको सो पुस्तक काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य नेवा देय् दःबुका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ संगीतकार राजु सिंह तथा खेम भन्तेले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

काठमाडौं मूर्त अमूर्त सम्पदाको केन्द्रको रुपमा रहेको बताउनुहुँदै उपप्रमुख डङ्गोलले नाटकको रुपमा प्रस्तुत गरिएको ‘पचली भैरव’ पुस्तकको रुपमा प्रकाशन भएपछि अब नयाँ पुस्ताले पनि यसबारे बुझ्ने अवसर पाउने बताउनुभयो ।

कथाको नाट्य रुपान्तरण र सह–निर्देशन इँगिहोपो कोंइच सुनुवारले गर्नुभएको थियो भने सुदन मुनिकार नाटकको व्यवस्थापन गर्नुभएको छ ।व्यवस्थापन मुनिकारले नाटकमा प्रमुख पात्र भैरबको अभिनय समेत गर्नुभएको छ ।

कोरोना सङ्क्रमणकालले रङ्गमञ्चको अवस्था मत्थर रहेको बेला गत वर्षको कात्तिक २५ गतेदेखि मङ्सिर ४ गतेसम्मको यो नाटक कौशी थिएटरमा देखाइएको थियो ।


ताजा खबर