गौरिका र प्रिन्स बेष्ट खेलाडीको अवार्डबाट सम्मानित

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आयोजित कार्यक्रममा गौरिकालाई एनओसी उत्कृष्ट महिला खेलाडी र प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको हो ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दीपक मगर र महिलातर्फ सङ्गीना वैद्यले प्राप्त गर्नुभयो । उत्कृष्ट सङ्घको अवार्ड भने नेपाल तेक्वान्दो सङ्घले प्राप्त गरेको छ । त्यसैगरी एनओसीले चार जना खेलकुद पत्रकारलाई पनि सम्मान गरेको छ ।- रासस


ताजा खबर