कुमारी बैंकका ग्राहकले महाराजा रिसोर्टमा आकर्षक छुट पाउने

कुमारी बैंकका ग्राहकले कालिकानगर बुटवल स्थित महाराजा रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्। यस सम्बन्धि सम्झौतामा बैंक र रिशोर्टका प्रतिनिधिबीच आज एक सम्झौता भएको छ।

सम्झौतामा बैंकको तर्फबाट मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले र महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


ताजा खबर