खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरौं : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री गहतराजले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको हो ।

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले इतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत ब्यक्त गर्नुभयो । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, ‘यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।’

खेलकुदसँग सम्बन्धित फाइल रोक्नुलाई सिंहदरबारभित्र ठूलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै मन्त्री गहतराजले काम गर्न खोज्दा आफू र आफ्नो मन्त्रालयले ११ वटा भन्दा बढी मुद्दा खेप्नुपरेको बताउनुभयो ।


ताजा खबर