प्रधानसेनापति र रक्षा सचिव लेबनान प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गर्नुभएको छ । प्रधानसेनापतिको नेतृत्वमा रक्षा सचिवसहित ७ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न संयुक्त राष्ट्र संघ (यूएन) मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन सेनापतिसहितको टोली त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

शर्माले असार १० गते सम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनान र सिरियामा रहेको शान्ति मिसनको निरीक्षण भ्रमण गर्नुहुनेछ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेवनान र सिरियाका मिसनका उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ ।

त्यसपछि असार १३ मा शर्मा त्यतैबाट अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएको छ । शर्मा ४ दिन अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागि हुनुुहुने छ । अमेरिका भ्रमणमा ५ सदस्यीय टोली रहने छन् । शर्मा असार १९ मा स्वदेश फर्किने नेपाली सेनाले जनाएको छ ।


ताजा खबर