युइएफए च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति फ्रान्सको पेरिसमा भएको यो सिजनको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।

रियलकाे जितमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।

खेलको पहिलो हाफबाटै खेलमा पकड जमाएको लिभरपुलले भने पाएका अवसर सदुपयोग गर्न नसक्दा उपाधिविहिन बन्यो । साथै लिभरपुलका हरेक खेलाडीहरुको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे ।

यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो ।


ताजा खबर