नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठ

नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त भएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवाद अन्त्य नभएकाले किरण चेम्जोङसहित ती खेलाडी बिना नै राष्ट्रिय टोलीको घोषणा भएपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका हुन् ।

जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म कुवेतमा हुने एशियन कप छनौट खेल्न नवयुग श्रेष्ठको नवकप्तानीमा आज टोली कतान जान लागेको छ ।

नेपालले समूह ए अन्तर्गत आफू भन्दा निकै बलिया टोली कुवेत, जोर्डन र इन्डोनेशियासँग प्रतिस्पर्धा गर्नेछ । कुवेत जानुअघि राष्ट्रिय टोलीले करिब ११ दिन कतारमा अन्तिम तयारी गर्नेछ ।

नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ ।

हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली २०२३ मा चीनमा आयोजना हुने एशियन कपमा छनौट हुनेछन् ।


ताजा खबर