भर्चुअल मुद्रा खरिदबिक्री गर्ने वेबसाइट र एप बन्द

अव नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाइने गरी कालोसूचीमा

नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइनमार्फत हुने भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ र अनलाइन जुवालगायतका वेबसाइट र एप बन्द गरेको छ ।

प्राधिकरणले एक सुचना जारी गर्दै यस्ता अनलाइन र एप नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेधका साथै यी एपहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ । यस्ता अनलाइन र एपका बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध समेत गरेको छ ।

पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले क्रिप्टो र हाइपर फन्ड जस्ता अवैध नेटवर्किङ व्यवसायमा लगानी बढाएपछि यसको असर रेमिट्यान्स आप्रावहमा देखिएको छ ।


ताजा खबर