ब्राण्डिङ विज्ञ गिरी सूर्या लाइफको कामु नायब महाप्रवन्धक नियुक्त

सूर्या लाइफको जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त हुनु भएको छ ।

गिरी कायम मुकायम नायब महाप्रवन्धक पदमा नियुक्त भएका हुन् । ब्राण्ड डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेसन विभाग प्रमुखको रुपमा गिरीले गत सातादेखी कार्यभार सम्हालिसक्नुभएको छ ।

सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा अत्यन्त सफल पात्र मानिनुहुन्छ ।

उहाँ कान्तिपुर मिडिया ग्रुप, एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ गरेको अनुभव सहित सूर्या लाइफ प्रवेश गर्नुभएको हो ।

मिडियाको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गिरीसँग मिडिया र जनसम्पर्कमा काम गरेको दुई दशक भन्दा लामो अनुभव छ ।


ताजा खबर