‘साप्ताहिक’ र ‘नारी’ मासिकको सम्पादकमा राजाराम गौतम नियुक्त

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपअन्तर्गत साप्ताहिक तथा ‘नारी मासिकको सम्पादकमा राजाराम गौतम नियुक्त भएका छन् । नारी मासिकको सम्पादकीय संयोजकको जिम्मेवारी उपासना घिमिरेलाई प्रदान गरिएको छ ।

साप्ताहिक तथा नारीका सम्पादक सुवास ढकालले दिएको राजिनामा स्वीकृत गर्दै कान्तिपुर पब्लिकेसन्स सञ्चालक समितिले गौतमलाई नयाँ सम्पादकका रुपमा नियुक्त गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रममा पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले गौतमको स्वागत एवं ढकालको बिदाई गरेका थिए ।

गौतमले यसअघि कान्तिपुर र नेपाल साप्ताहिकमा कार्य गरिसकेका छन् । उनले अन्नपूर्ण दैनिकको सम्पादकको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

KMG


ताजा खबर