प्रधानमन्त्री देउवा र विदेश मन्त्री वाङबीच शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का सदस्य एवम् विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार आज साँझ भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा चीन सरकारको सहयोगमा निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण समेत भएको छ ।

This image has an empty alt attribute; its file name is FOx09_LVUAUIFgt-1024x975.jpg

राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेश मन्त्री वाङले भोलि शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुने र भोलि नै विदेश मन्त्री वाङको प्रतिनिधिमण्डल स्वदेश फर्कने छ । -रासस


ताजा खबर