एन्टी डोपिङको अभियान सार्थक बनाउने प्रतिवद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताउनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एसिया/ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्री स्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुति गर्नुभएको हो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताउनुभयो ।

उहाँले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
रासस


ताजा खबर