आज ५८ जनामा कोरोना पुष्टि : १४८ जना संक्रमण मुक्त

देशभर आज ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

५ हजार ४ सय १८ नमुनाको परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज संक्रमित १ सय ४८ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै आज ९२ हजार ४८ जनाले कोरोना विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 


ताजा खबर