नेपाल ब्यांकमा ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’

नेपाल ब्यांकले महिलालाई लक्षित गरेर ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ सञ्चालनमा ल्याएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नयाँ खाता सञ्चालनमा ल्याएको ब्यांकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। न्यूनतम रु.२५ हजारमा खोल्न सकिने यो खातामा विभिन्न ब्यांकिङ र इन्स्योरेन्स सुविधा रहेको छ।

यसमा उच्च ब्याजदर र निःशुल्क लकर सुविधा रहेको अधिकारीले जानकारी दिए। बचत प्रकृतिको भए पनि मुद्दति सरह उच्च ब्याजदर रहेको जनाएको छ। यसमा १० लाख बराबरको दुर्घटना बीमा रहेको छ।


ताजा खबर