रामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ सार्वजनिक

रामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे, पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त बस्नेतले बताउनुभयो । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ ।

पहरामा फुलेको पहरी फुलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताउनुभयो ।

प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज घिमिरेको छायाँकन, राजेश कुमारको सम्पादन तथा लिगेश भट्टराईको निर्देशनमा भिडियो तयार गरिएको छ ।

भिडियो


ताजा खबर