देशभर एक सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर मंगलवार एक सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

६ हजार ३ सय ९४ नमुनाको परीक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

३ सय ४८ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

२ लाख ३ हजार ६ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 


ताजा खबर