एमसीसी अनुमोदनमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त

सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट लाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सदस्यहरु सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभयो ।

सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन प्रतिवद्ध रहेको जनाइएको छ ।


ताजा खबर