शर्माको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।


ताजा खबर