८ हजार ७ सय ४ जना कोरोना मुक्त : ११ को मृत्यु

संक्रमणदर घटेसँगै विद्यालय भौतिक रुपमा खोल्ने तयारी : स्वास्थ्य मन्त्रालय

कोरोना सङ्क्रमण दर घटेसँगै विद्यालय र विश्वविद्यालयहरू भौतिक रुपमा सञ्चालन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा.सङ्गीता मिश्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सिफारिस गरेपछि विद्यालय तथा विश्वविद्यालय भौतिक रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । 

आज कोरोना सङ्क्रमणबाट एकै दिन ८ हजार ७ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् । 

कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४५ हजार २ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी, आज ९ हजार २ सय ५१ जनाको नमुना परिक्षण गर्दा १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । 

काठमाडौँ उपत्यकामा ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौँमा ४ सय १०, भक्तपुरमा ३२, ललितपुरमा १ सय २४ गरी ५६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.मिश्रले जानकारी दिनुभयो । 

आज कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय १४ पुगेको छ । 

कोरोना संक्रमण हुने दर घटे पनि जोखिम अझै कायम भएकाले स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । 


ताजा खबर