यातायात व्यवस्था कार्यालयमा विचौलियालाई प्रवेश नदिन निर्देशन 

वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो ।

“पहिलो कुरो त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, त्यो पनि भएन भने पुलिस लगाएर भएपनि समाउँछौ र कारबाही गर्छौ, त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भन्नुभयो । ”

सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएका मन्त्री दाहालले कार्यालयहरुमा कहींकतै सेटिङ रहेको पाएमा नियन्त्रण गरिने बताउनुभयो । सबै कार्यालयहरुमा अनुगमन जारी राखी विचौलियाहरुलाई रोक्ने र घुसिया कर्मचारीलाई कारवाही गरिने मन्त्री दाहालको भनाइ छ ।

अनलाईन प्रणली विकास गरि ढड्डा प्रणालीका कारण आएको समस्या समाधान गरिने पनि उहाँले जानकारी दिनुभयो ।-रासस


ताजा खबर