थप २,५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि : १६ को मृत्यु

देशभर आज थप २ हजार ५ सय २६  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ६ हजार ६ सय ५५ वटा नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय २ जनामा र ४ हजार ४ सय १८ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा ९ सय २४ गरी जम्मा २ हजार ५ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १० लाख ९७ हजार ५ सय ८९ पुगेको छ ।

त्यस्तै देशभर आज ८ हजार ४ सय २५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ८ लाख ९५ हजार ८ सय ६८ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेको दर ९२.९ प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ७ सय ९४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

हालसम्म देशभरि ५६ हजार ४ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर ५ लाख १३ हजार ५१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।  


ताजा खबर