१२ हजार ३ सय ३८ जनामा कोरोना पुष्टि : ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा आधामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ६ हजार चार सय ९० जनाको एन्टीजेन परीक्षण गर्दा २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको पीसीआर र एन्टीजेन विधिबाट भएको परीक्षणमा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा चार जनाको मृत्यु भएको छ भने ६ सय ४९ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन् । अहिलेसम्म चार करोड तीन लाख ८८ हजार ८४४ खोपको मात्रा प्राप्त भएको छ भने उपलब्ध खोपमध्ये दुई करोड ८७ लाख ३३ हजार ८३ मात्रा खोप लगाइएको छ ।


ताजा खबर