नेपाली विद्यार्थीले अस्ट्रेलियामा हप्ताको २० घण्टाभन्दाबढी काम गर्न पाउने

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने छन् ।कोभिड-१९ महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अस्ट्रेलियाले आजदेखि लागू हुने गरी नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने व्यवस्था गरेको हो ।

आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरूले भिसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ ।


ताजा खबर