मन्त्री श्रेष्ठका सय दिन : श्रम प्रशासनमा उल्लेख्य सुधार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला तीन महिनाको अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ ।

श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले आज सय दिनको कार्य समीक्षा गर्नुहुँदै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता श्रम क्षेत्रका समस्याका समाधान, वैदेशिक रोजगारीलाई व्यवस्थित र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधारको आधार तयार गरेको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले सय दिनको अवधिमा आफूले सम्पादन गरेको कामबाट वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिति हटाउने, पारिश्रमिक तथा सेवा सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ती मुलुकसँग श्रम सम्झौताको पहल गर्ने विषय निष्कर्षोन्मुख भएको बताउनुभयो ।

श्रम क्षेत्रमा गरिएका नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा ‘तरङ्ग’ ल्याएको र आम नागरिकमा नयाँ आशा पलाएको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा सुधार गर्न, सुशासन र भावी योजनाको मार्ग चित्रको प्रारूप अघि बढाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्‍याउने सबैमा आभार प्रकट गर्नुभएको छ ।


ताजा खबर