आन्तरिक उडानमा ‘डलर फेयर’ हटाउने निगमको घोषणा

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले आन्तरिक उडानमा डलर फेयर हटाउने भएको छ।

नेपाल एयरलाइन्सले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष मदन खरेलले आन्तरिक उडानमा सबैका लागि समान भाडादर कायम गरिएको जानकारी दिए।

निगमले डलर फेयर खारेज गर्ने निर्णय गरेसँगै अब विदेशी नागरिकका लागि पनि नेपाली नागरिकसरह भाडा लाग्ने भएको छ।

यसअघि विदेशी नागरिकका लागि छुट्टै भाडादर कायम गरिएको थियो।

हाल आन्तरिक उडान भर्नेगरी नेपाल एयलाइन्ससँग ९ वटा जहाज छन्। यीमध्ये ४ वटा जहाज मात्र संचालनमा छन्।

एयरलाइन्सका उडान नियमित नभएकोलगायतका गुनासा यात्रुहरूले गर्दै आएका छन्।


ताजा खबर