चिसो बढेपछि राजधानीका विद्यालय फेरि अनलाइनमा

चिसो बढेपछि राजधानीका विद्यालयले बालबालिकालाई फेरि अनलाइन माध्यमबाट पढाउन थालेका छन् ।

विगतमा कोरोना सङ्क्रमणका कारण अनलाइनबाट पढाइरहेका विद्यालयहरूले मङ्सिरदेखि भने भौतिक उपस्थितिमै पढाइ थालेका थिए ।

बुधबारदेखि सुरु भएको झरीका कारण चिसो अझ बढ्नसक्ने पक्षलाई ध्यानमा राखेर केही दिन अनलाइनबाटै पढाउन अभिभावकलाई अनुरोध गरिएको विद्यालय सञ्चालकले जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सहअध्यक्ष डीके ढुङ्गानाले भन्नुभयो, “केही दिन भौतिक रूपमै पढाइ सञ्चालन गर्दा चिसोले समस्या पार्ने देखियो ।

त्यसैले केही विद्यालयले अनलाइनबाट पढाइ सञ्चालन गर्न अभिभावकलाई सूचना पठाउनुभएको छ । ”राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीको सिकाइमा असर नपरोस् भनेर चिसोका कारण विद्यालय नै बन्द गर्नुभन्दा अनलाइनबाट पढाइ सञ्चालन गरेको बताउनुभयो ।


ताजा खबर