देशभरको मौसम सामान्यतया सफा रहने : मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर नपरेको जनाएको छ । महाशाखाका अनुसार मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने, राति पनि पहाडी भूभागमा आंशिक बदली भएपछि अन्य देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।

बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, बिहीबार राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनभित्र प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । –रासस


ताजा खबर