आईसीसी टी–ट्वान्टी विश्वकप : भारतको शानदार जित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले नामिवियामाथि शानदार जित दर्ता गरेको छ ।

सुपर १२ को समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो ।

१ सय ३३ रनको लक्ष्य भारतले एक विकेट गुमाएर १५ दशमलब २ ओभरमा पुरा गर्यो ।

भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे ।

केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे ।

नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे ।

यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन जोडेको थियो ।

नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे ।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट चट्काए ।

सेमिफाइनल दौडबाट बाहिरिसकेका कारण भारत र नामिविया दुबैका लागि यो खेल केवल औपचारिकतामा मात्र सिमित भएको थियो ।

प्रतियोगिता अन्तर्गत सुपर १२ मा भारतको पाँच खेल मध्ये यो तेस्रो जित हो भने नामिवियाले पाँच मध्ये केवल एक खेलमा जित दर्ता गर्न सक्यो ।

समूह २ बाट विजेताको रुपमा पाकिस्तान र उपविजेताको रुपमा न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।


ताजा खबर