थप १३९ जनामा कोरोना पुष्टि : ३९६ जना कोरोनामुक्त

 देशभर आज थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ३४ वटा आरटी पीसीआर परीक्षण गर्दा १ सय २८ जना र १ हजार ७ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

आज थप ३ सय ९६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९४ हजार ९ सय २९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या कूल सङ्क्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ८ हजार १ सय ४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ११ हजार ४ सय ३९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज १ हजार ९ सय ८५ जनाले खोप लिएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर