टि-२० विश्वकपमा भारतकाे सेमिफाइनल यात्रा जारी

आइसिसी टि-२० विश्वकप २०२१ मा भारतले दोस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना जिवितै राखेको हो ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । भारतका लागि ओपनर लोकेश राहुलले अर्धशतक प्रहार गरे । उनी ५० रनमा क्याचआउट भए । त्यस्तै, रोहित शर्माले ३० रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले २४ रन बनाए भने माइकल लिस्क २१ रन तथा कलुम म्याकलड १६ रन जोडे । भारतका लागि रविन्द्र जडेजा र मोहम्मद शामीले समान ३/३ विकेट लिए । त्यस्तै, जस्प्रित बुमराहले २ विकेट तथा रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो ।

जितसँगै भारत ४ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सुरुको २ खेलमा लगातार लज्जास्पद हार व्यहोरेको भारतले अब सेमिफाइनलको यात्रा तय गर्न दोस्रो स्थानको न्युजिल्यान्ड चौथो स्थानको अफगानिस्तानसँग पराजित हुनुपर्नेछ । –रासस/एएनआई


ताजा खबर