आज ६६२ जनामा कोरोना पुष्टि : १३ जनाको मृत्यु

२४ घण्टामा ६६२ जना कोभिड- १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ८४२६ जनाको नमूना परीक्षण गर्दा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७५८ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौं उपत्यकामा २५३ जना संक्रमित थपिएका छन् ।

प्रवक्ता पौडेलका अनुसार मुस्ताङ र मुगु जिल्ला कोरोना संक्रमण शून्य बनेका छन् ।


ताजा खबर