आज देशभर ९ सय ११ जना कोरोना संक्रमित थपिए

देशभर २६ हजार ७ सय ५७ कोरोनाका सक्रिय संक्रमित

देशभर कोरोना भाइरसका सक्रिय संक्रमित २६ हजार ७ सय ५७ पुगेको छ । 


होम आइसोलेसनमा २५ हजार १ सय ७१ र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


संस्थागत आइसोलेसनमध्येका ४ सय ५४ जना सङ्क्रमितले आइसियु र १ सय ४० जनाले भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् । 


यसैगरी काठमाडौँ उपत्यकामा ६ हजार ४ सय ६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 


काठमाडौँमा ३ हजार ३ सय १५, भक्तपुरमा १ हजार १ सय ६२, ललितपुरमा १ हजार ९ सय २९ गरी ६ हजार ४ सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमितले उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । 


आज देशभर ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार ८ सय ७८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ८ सय ३८ जना तथा ३ हजार १ सय ४० वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७३ जना गरी जम्मा ९ सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


गएको २४ घण्टामा १ हजार ४ सय २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 


आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर