नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा २-१ गोलले विजयी भएको नेपाल आज पनि जित दोहोर्‍याउने दाउमा रहने छ ।

उता बंगलादेश पनि खेल जितेर नतिजा बराबरी बनाउने रणनीतिका साथ मैदानमा उत्रिंदैछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप-२०२२ छनोटको तयारीका लागि नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।


ताजा खबर