डडेल्धुरामा कुमारी बैंकको शाखा रहित बैंकिङ्ग सेवा

कुमारी बैंक लिमिटेडले डडेल्धुरा शाखा अन्तर्गत दुईवटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २ चमडा बजार र अमरगढी नगरपालिका वडा नं ११ सल्लाघारीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । शाखा रहित बैंकिङ्ग सेवा केन्द्रको उद्घाटन डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले गर्नुभएको थियो ।

शाखा रहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने डडेल्धुरा शाखा प्रबन्धक चन्द्र प्रकाश चटौतले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको भौगोलिक स्थितिलाई मध्यनजर गरेर आगामी दिनमा पनि शाखा रहित बैंकिङ्ग सेवा मार्फत बित्तिय पहुँच बिस्तार र डिजिटल बैंकिङ्घ लाई प्रवद्घन गरिने सुदूरपश्चिम प्रदेश प्रमुख अजय घिमिरेले जनाएका छन ।

कुमारी बैंकले देशभरी १९६ शाखा, १६५ एटिएम, ३० शाखारहित बैंकिङ एजेन्ट तथा १३ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिईरहेको छ ।


ताजा खबर