एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको भेट

चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्नुभएको छ ।

बिहीबार बिहान काठमाडौं आउनुभएकी फातिमाले ओली निवास बालकोटमा भेट गर्नुभएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । भेटमा भट्टराई र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।


ताजा खबर