१ हजार २ सय ७१ जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा विहिवार थप १ हजार २ सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

८ हजार ८ सय ९८ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ५८ जना तथा ३ हजार ४६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यसै गरी थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ९ सय ३ पुगेको छ । 

यस्तै थप १ हजार ८ सय ४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ४ प्रतिशत रहेको छ भने देशभरि गरी २८ हजार ६ सय ७८जना सक्रिय संक्रमित रहेका छन् ।


ताजा खबर